सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रदर्शन

खोइ मानवता ? डोजरले पुर्‍यो !

शनिबार, १९ वैशाख २०८३, १३ : १४
शनिबार, १९ वैशाख २०८३

सारांश

  • काठमाडौँ उपत्यकामा बागमती र सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य जारी छ ।
  • बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा डोजरले हटाइँदैछन् ।
  • हालसम्म सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी करिब दुई हजार घर टहरा हटाइएको छ ।

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ ।

genz sukumbasi protest (2)

स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो । 

genz sukumbasi protest (1)

हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ । वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ ।

genz sukumbasi protest (3)

यता, जेनजी सेन्टरले सुकुमबासी बस्ती माथिको राज्य आतंकविरुद्ध माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन्।

genz sukumbasi protest (4)

प्रदर्शनमा सहभागीहरूले सुकुमबासीहरूको सही व्यवस्थापन गर, खोइ मानवता डोजरले पुर्‍यो, सुकुमबासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुमबासी नेपाल भित्र पर्छन् की पर्दैनन् ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

genz sukumbasi protest (5)

उनीहरूले बालबालिका, गर्भवती, सुत्केरी, बिरामी, ज्येष्ठ नागरिक लगायतका आम नागरिकलाई आतङ्कित बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन् । 

genz sukumbasi protest (6)genz sukumbasi protest (7)genz sukumbasi protest (8)genz sukumbasi protest (9)genz sukumbasi protest (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप