पश्चिमी र स्थानीय वायुसहित न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज सातै प्रदेशमा असिना पानीको सम्भावना
सारांश
- हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव छ।
- कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित हिमाली र पहाडी भूभागमा बादल लागेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
- आज दिउँसो र राति पहाडी, हिमाली तथा तराईका केही स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ।
जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण