आर्सनललाई शीर्ष स्थानमा ६ अंकको अग्रता, सिटीमाथि दबाब
सारांश
- आर्सनलले फुलहमलाई ३-० गोलले पराजित गर्दै प्रिमियर लिगमा शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
- बुकायो साका र भिक्टर ग्योकेरेसले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनलको जितमा महत्त्वपूर्ण योगदान दिए।
- यो जितले आर्सनलले म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ, जसले दुई खेल कम खेलेको छ।
लण्डन । आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफ्नो पकड बलियो बनाउँदै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
शनिबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा बुकायो साका र भिक्टर ग्योकेरेसको सानदार प्रदर्शनको मद्दतले आर्सनलले फुलहमलाई ३-० गोलले सहजै पराजित गरेको हो।
मिकेल अर्टेटाको टोलीले यो जितसँगै मुख्य प्रतिस्पर्धी म्यानचेस्टर सिटीमाथि ठुलो दबाब थपेको छ। सिटीले आर्सनलभन्दा दुई खेल कम खेलेको छ र उसले सोमबार एभर्टनको भ्रमण गर्दैछ।
खेलको सुरुदेखि नै आर्सनलले फुलहमलाई दबाबमा राखेको थियो। चोटका कारण मार्चदेखि मैदान बाहिर रहेका बुकायो साकाले पुनरागमन खेलमै प्रभावशाली प्रदर्शन गरे।
खेलको नवौँ मिनेटमा साकाले दाहिने भागबाट राहुल जिमिनेजलाई छक्याउँदै दिएको पासमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। यो ग्योकेरेसको सिजनको २०औँ गोल थियो। पहिलो हाफ सकिन ५ मिनेट बाँकी छँदा ग्योकेरेसले मिलाइदिएको पासमा साकाले मुभ बनाउँदै फुलहमका किपर बर्न्ड लेनोलाई बिट गरेर बललाई पोस्टको जाली चुमाए।
पहिलो हाफको इन्जुरी समयमा ग्योकेरेसले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे। उनले लियान्द्रो ट्रोसार्डको क्रसमा हेडमार्फत गोल गर्दै यस सिजन आफ्नो कुल गोल सङ्ख्या २१ पुर्याए।
दोस्रो हाफमा पनि आर्सनलले थप गोल गर्ने मौका पाएको थियो। रिकार्डो कालाफियोरीको हेड क्रसबारमा लागेर फर्कियो भने उनले गरेको अर्को एउटा प्रहार अफसाइडका कारण रद्द भयो। पहिलो हाफमै ३-० को अग्रता लिएपछि आर्सनलले दोस्रो हाफमा खेललाई नियन्त्रणमा मात्र राख्यो।
प्रशिक्षक अर्टेटाले आउँदो मंगलबार हुने एथ्लेटिको मड्रिडविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगलाई मध्यनजर गर्दै टोलीमा पाँच परिवर्तन गरेका थिए। साकालाई दोस्रो हाफमा विश्राम दिइएको थियो भने अन्य मुख्य खेलाडीहरूलाई पनि चाडै मैदान बाहिर बोलाइएको थियो।
च्याम्पियन्स लिगको पहिलो लेग १-१ को बराबरीमा सकिएकाले आर्सनलका लागि घरेलु मैदानमा हुने आगामी खेल निकै महत्त्वपूर्ण मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण