पर्पल क्यापको दौडमा अन्शुल र भुवनेश्वरबिच कडा टक्कर
सारांश
- आईपीएल २०२६ मा पर्पल क्यापको दौडमा रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार र चेन्नई सुपर किंग्सका अन्शुल कम्बोजबीच कडा प्रतिस्पर्धा छ।
- भुवनेश्वर कुमार १७ विकेटसहित शीर्ष स्थानमा छन्, तर कम्बोजले पनि समान विकेट लिएका छन्, यद्यपि भुवनेश्वरको इकोनोमी रेट राम्रो छ।
- ब्याटिङतर्फ अरेन्ज क्यापमा दिल्ली क्यापिटल्सका केएल राहुल शीर्ष स्थानमा छन् भने अभिषेक शर्मा र हेनरिक क्लासेनले उनलाई पछ्याइरहेका छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति चेपाक मैदानमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेसँगै सर्वाधिक विकेट लिने बलरहरूको सूची ‘पर्पल क्याप’मा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ।
रोयल च्यालेन्जर्स बेंगलुरुका अनुभवी बलर भुवनेश्वर कुमार १७ विकेटका साथ शीर्ष स्थानमा रहे पनि चेन्नईका अन्शुल कम्बोजले उनलाई कडा चुनौती दिएका हुन्।
मुम्बईविरुद्धको खेलमा तीन विकेट लिँदै कम्बोजले भुवनेश्वरको बराबरी गरेका हुन्। यद्यपि उत्कृष्ट इकोनोमी रेटका आधारमा भुवनेश्वरले अझै पनि पर्पल क्याप आफ्नो कब्जामा राखेका छन्। कम्बोजको इकोनोमी ८.४९ रहँदा भुवनेश्वरको ७.५४ मात्र छ।
पर्पल क्यापको दौडमा भुवनेश्वर र कम्बोजपछि राजस्थान रोयल्सका जोफ्रा आर्चर र सनराइजर्स हैदरावादका इशान मलिङ्गा समान १५ विकेटका साथ पछ्याइरहेका छन् भने गुजरात टाइटन्सका कागिसो रबाडा १४ विकेटका साथ पाँचौँ स्थानमा छन्।
यस सिजनमा अहिलेसम्म अन्य ६ जना बलरले पनि १० वा सोभन्दा बढी विकेट लिइसकेका छन्, जसले गर्दा बलरहरूबिचको प्रतिस्पर्धा निकै कडा देखिएको छ। लामो समयको ग्यापपछि मैदान फर्किएका कम्बोजले अघिल्लो खेलमा विकेटविहीन भए पनि मुम्बईविरुद्ध भने उत्कृष्ट पुनरागमन गरेका छन्।
ब्याटिङतर्फको अरेन्ज क्यापको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सका कप्तान केएल राहुल ४३३ रनका साथ शीर्ष स्थानमा कायमै छन्। उनलाई सनराइजर्स हैदरावादका अभिषेक शर्मा र हेनरिक क्लासेनले क्रमशः ४२५ र ४१४ रनका साथ कडा टक्कर दिइरहेका छन्।
यस्तै राजस्थान रोयल्सका वैभव सूर्यवंशीले पनि ४०० रनको आँकडा पार गर्दै आफूलाई उत्कृष्ट फर्ममा राखेका छन्। शीर्ष आठ ब्याटरको सूचीमा कुनै फेरबदल नभए पनि चेन्नईका सन्जु सामसन भने ११ रनको कमजोर प्रदर्शनका बाबजुद नवौँ स्थानमा उक्लिएका छन्।
ब्याटिङको शीर्ष १० भित्र विराट कोहली, शुभमन गिल, बी साई सुदर्शन र प्रभसिमरन सिंह जस्ता प्रभावशाली नामहरू अटाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण