सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सारांश
- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
- छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
- चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ।
सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण