आक्रमणमा क्षतिग्रस्त विश्वविद्यालयलाई सङ्ग्रहालय बनाउँदैछ इरान
आइतबार, २० वैशाख २०८३, १३ : १५
सारांश
- इरानले अमेरिका-इजरायलको संयुक्त आक्रमणबाट क्षतिग्रस्त इस्फहान प्रविधि विश्वविद्यालय परिसरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बनाएको छ ।
- विश्वविद्यालयका प्रमुख जफरोल्लाह कलन्तरीले आक्रमणबाट प्रभावित स्थललाई यथावत् राखेर युद्ध सङ्ग्रहालय बनाइने बताएका छन् ।
- नयाँ भवन र उपकरणका लागि विश्वविद्यालयको नयाँ स्थान छुट्ट्याइएको छ ।
तेहरान । इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट क्षतिग्रस्त एउटा विश्वविद्यालय परिसरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बनाएको छ । एएफपीका अनुसार इरानी अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।
केन्द्रीय इरानमा रहेको इस्फहान प्रविधि विश्वविद्यालयका प्रमुख जफरोल्लाह कलन्तरीले आक्रमणबाट प्रभावित स्थानलाई यथावत् राखेर युद्ध सङ्ग्रहालय बनाइने बताएका छन् । उनले भने, “हाल क्षतिग्रस्त रहेको स्थललाई इतिहासमा देशमाथि भएको वैज्ञानिक दमनको प्रमाणका रूपमा सुरक्षित राखिनेछ ।”
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार विश्वविद्यालयका लागि नयाँ भवन निर्माण र अत्याधुनिक उपकरण व्यवस्थापनका लागि अर्को स्थान छुट्ट्याइएको पनि कलन्तरीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण