अपडेट
झन्डै आठ हजार सुकुमबासी सम्पर्कमा, चार वटा होल्डिङ सेन्टरमा राखियो
आइतबार, २० वैशाख २०८३, १८ : ४३
सारांश
- सरकारले बागमती र सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्मको पछिल्लो विवरण सार्वजनिक गरेको छ ।
- सुकुम्बासी दाबी गर्ने १ हजार ८१६ परिवार (७७८९ जना) सरकारको सम्पर्कमा आएका छन् ।
- सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारले व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको छ ।
काठमाडौँ । सरकारले बागमती र सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्मको पछिल्लो विवरण सार्वजनिक गरेको छ ।
सुकुमबासी दाबी गर्दै कुल १ हजार ८१६ परिवार (७७८९ जना) सरकारको सम्पर्कमा आएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारले व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।
दशरथ रङ्गशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।
हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरू
सरकारले व्यवस्थापनका लागि निम्न स्थानहरूलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छस्
- कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
- नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटेलहरू
- भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र
- बोडेस्थित कृषि तालिम केन्द्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण