बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रामबहादुर बम्जनले पाए सफाइ

आइतबार, २० वैशाख २०८३, १८ : ४७
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार बम्जनलाई सफाइ दिएको हो।

अदालतले गत वैशाख ८ गते बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० पुस १४ मा बम्जनलाई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो।

त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप