अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प : आइआरजिसी
आइतबार, २० वैशाख २०८३, १९ : १८
काठमाडाैँ। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ।
आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दाबी गरेको छ।
सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इस्लामिक गणतन्त्र इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने बताएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो, यद्यपि मिति भने खुलाइएको छैन।
आईआरजीसीका अनुसार वासिङटनविरूद्ध चीन, रुस र युरोपको अडानमा पनि परिवर्तन आएको छ । “यी सबै घटनाक्रमलाई मध्यनजर गर्दै अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,” रिभोलुसनरी गाड्र्सले दावी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण