नक्कली हतियार र सुरक्षाकर्मीको पोसाकबारे इन्द्र राईसँग प्रहरीको सोधपुछ
आइतबार, २० वैशाख २०८३, २१ : ४३
सारांश
- प्रहरीले अनामनगर स्थित इन्द्र राईको घरबाट सुरक्षाकर्मीको पोसाक र नक्कली हतियार बरामद गरेको छ।
- डोजर लगाउने क्रममा सैनिक, प्रहरी र भारतीय सुरक्षाकर्मीको समेत पोसाक भेटिएको थियो।
- प्रारम्भिक अनुसन्धानमा नक्कली हतियार र पोसाक चलचित्र निर्माणमा प्रयोग भएको भेटिएको छ।
काठमाडौँ । अनामनगर स्थित धोबीखोला करिडोरको इन्द्र राईको घरबाट प्रहरी सुरक्षाकर्मीको पोसाक र नक्कली ‘डमी’ हतियार बरामद गरेको छ।
आइतबार मापदण्ड विपरीत बनेको राईको घरमा डोजर लगाउने क्रममा सैनिक, प्रहरी र भारतीय सुरक्षाकर्मीको समेत पोसाक भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
नक्कली हतियार र पोसाकबारे प्रहरी वृत्त बानेश्वरले राईसँग सोधपुछ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट नक्कली हतियार र सुरक्षाकर्मीको पोसाक चलचित्र निर्माणमा प्रयोग गरिएको भेटिएको एसपी भट्टराईले बताए।
शुभ लाभ फिल्म प्रोडक्सन प्रालि द्वारा चलचित्र निर्माणको प्रयोजनको लागि ती सामग्री प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको र त्यसबारे आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण