म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, लिभरपुल पराजित
सारांश
- म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
- म्यानचेस्टर युनाइटेडका लागि माथेउस कुन्हा, बेन्जामिन सेस्को र कोबी माइनूले गोल गरे ।
- लिभरपुलका लागि डोमिनिक सोबोस्लाई र कोडी गाक्पोले गोल गरे ।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै म्यानचेस्टर युनाइटेडले ३५ खेलबाट आफ्नो अंक ६४ पुर्याएको छ भने पराजित लिभरपुलको ५४ अंक रहेको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि माथेउस कुन्हाले खेलको ६ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि खेलको १४ औँ मिनेटमा बेन्जामिन सेस्कोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ४७ औँ मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै खेलमा फर्कने संकेत दिए । त्यसको ९ मिनेटपछि, ५६ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७७ औँ मिनेटमा कोबी माइनूले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण