३५ लाखभन्दा बढी मूल्यको ४३६ थान अवैध भेपसहित रसुवामा कन्टेनर चालक पक्राउ
सारांश
- रसुवाको धुन्चेमा प्रहरीले ४३६ थान अवैध भेपसहित कन्टेनर चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
- टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर जाँच गर्दा गाडीको क्याबिनमा लुकाइराखेको अवस्थामा भेप फेला परेको हो।
- बरामद गरिएको भेप र कन्टेनर गाडीको अनुमानित बजार मूल्य ३५ लाख ९० हजार रुपैयाँ छ।
रसुवा । रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको ४३६ थान भेप फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका-६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त कन्टेनरको अगाडि क्याबिनको भागमा लुकाएर राखिएको अवस्थामा ‘ELFBAR (30K puffs)’ लेखिएका भेप बरामद भएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए।
प्रहरीले अवैध सामग्री ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका-५ घर भएका ३४ वर्षीय चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको ४३६ थान भेप र कन्टेनर गाडीको अनुमानित बजार मूल्य ३५ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।
पक्राउ परेका श्रेष्ठलाई बरामद सामान र सवारी साधनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण