मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लापसे गरी स्कुटर चलाउने दुई चालक पक्राउ

सोमबार, २१ वैशाख २०८३, ०६ : ०२
सोमबार, २१ वैशाख २०८३

सारांश

  • भक्तपुरको सानोठिमी क्षेत्रमा लागुऔषध सेवन गरी स्कुटर चलाउने दुई जना चालक पक्राउ परेका छन् ।
  • ट्राफिक प्रहरी, लागुऔषध नियन्त्रण व्युरो र सानोठिमी प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
  • स्वास्थ्य परीक्षणका क्रममा प्रतिबन्धित लागुऔषध सेवन गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि ठिमी प्रहरी वृत्तमा पठाइएको छ ।

भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

मध्यपुर थिमि नगरपालिका-२ स्थित सानोठिमी अगाडि सोमबार गरिएको जाँचका क्रममा दुई जना स्कुटर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग सानोठिमीको संयुक्त टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जनाले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको पाइएको थियो । 

पक्राउ परेका चालकहरूको परिचय गोप्य राखिए पनि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप