देशैभर बदली : यी प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा असिनासहितको वर्षा र हिमपात हुने देखिएको छ। तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।
आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर बादल लाग्ने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।
हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन तथा यातायातमा असर पार्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा हावाहुरीको जोखिम रहेकाले सुरक्षित रहन सुझाव दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
-
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण