शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बङ्गलामुखी मन्दिरमा ‘आबाट आमा-२’ को मुहूर्त

सोमबार, २१ वैशाख २०८३, ११ : ११
सोमबार, २१ वैशाख २०८३

सारांश

  • चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त पाटनको बङ्गलामुखी मन्दिरमा गरिएको छ ।
  • हिट फिल्म ‘आबाट आमा’ कै सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट, आकाश श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारले अभिनय गर्नेछन् ।
  • निर्माण टिमले यो फिल्म आगामी दसैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको छ ।

काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बङ्गलामुखी मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरेको हो ।

हिट फिल्म ‘आबाट आमा’ कै सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट, आकाश श्रेष्ठ, नरेन खड्का लगायतको कलाकारको अभिनय रहनेछ ।

निर्देशक पन्तले यो फिल्मको छायाङ्कनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए । निर्माण टिमले एक महिना अघिबाट नै यो फिल्म आगामी दसैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ । यस फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप