सरकारले ‘सार्वजनिक खरिद सेवा कार्यालय’ स्थापना गर्ने, प्रधानमन्त्री कार्यालय मातहत रहने
सोमबार, २१ वैशाख २०८३, १८ : १२
काठमाडौँ । सरकारले सार्वजनिक निकायहरूको खरिद प्रक्रियालाई सघाउन छुट्टै ‘सार्वजनिक खरिद सेवा कार्यालय’ स्थापना गर्ने भएको छ । 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो।
राजपत्रमा प्रकाशित अध्यादेशको दफा २९ अनुसार, मूल ऐनमा दफा ६६ (क) थप गर्दै नयाँ कार्यालय स्थापनाको बाटो खोलिएको हो । यो कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहनेछ ।
यस कार्यालयले सार्वजनिक निकायहरूलाई मालसामान खरिद गर्न र आपूर्तिकर्ता छनोट गर्न आवश्यक सहयोग गर्नेछ । सार्वजनिक खरिदमा हुने ढिलाइ र प्रक्रियागत जटिलतालाई कम गर्दै वस्तु तथा सेवाको खरिदमा सहजीकरण गर्नु यसको मुख्य उद्देश्य रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण