कांग्रेस सभापति र उपसभापतिले मङ्गलबार पूर्णबहादुर खड्कालाई भेट्ने
सारांश
- कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्ने भएका छन्।
- पार्टीभित्रको विवाद समाधानका लागि सभापति र उपसभापतिले खड्कालाई भेट्ने कार्यक्रम तय भएको हो।
- विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिको आधिकारिकतामाथि देउवा समूहले प्रश्न उठाएपछि कांग्रेसमा विवाद चुलिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले मङ्गलबार (भोलि) निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्ने भएका छन्। पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास गर्न सभापति थापा र उपसभापति शर्माले घरमै पुगेर खड्कालाई भेट्न लागेका हुन्। सहमहामन्त्री उदय शमशेर राणाले मङ्गलबार साँझ सभापति थापा र उपसभापति शर्माले खड्कालाई भेट्ने कुरा रहेको पुष्टि गरे।
‘भोलि साँझ पूर्णबहादुर खड्कालाई सभापति र उपसभापतिले भेट्ने कुरा छ,’ सहमहामन्त्री राणाले रातोपाटीसँग भने। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा पनि पार्टीलाई एक ढिक्का राख्नका लागि वार्ता र संवाद गर्ने विषयमा छलफल भएको थियो।
छलफलपछि सभापति र उपसभापतिले नेता खड्कालाई भेट्ने तय भएको हो । गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको सहमतिबिना विशेष महाधिवेशन सम्पन्न भएपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
त्यो कार्यसमिति चयनविरुद्ध तत्कालीन सभापति देउवासहितले निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन दिएपछि विवाद उत्कर्षमा छ । आयोग र सर्वोच्चले विशेष महाधिवेशनबाट चयन भएको समितिलाई आधिकारिकता दिएपछि त्यसको देउवा समूहले विरोध गरिरहेको छ ।
त्यो विरोधलाई मत्थर पार्न र पार्टीलाई एक ढिक्का बनाउने प्रयासमा आफूहरू लागिरहेको सहमहामन्त्री राणाले बताए । ‘हामी पार्टी एक ढिक्का होस् भन्ने चाहन्छौँ । त्यसका लागि विभिन्न किसिमबाट वार्ता र संवाद गरिरहेका छौँ,’ राणाले भने ।
सभापति थापाले यसअघि वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।
पछिल्लो समय क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा देखिएको विवाद चर्किएको छ । देउवा समूहले एउटा महाधिवेशनका लागि सदस्यता नवीकरण गरेपछि महाधिवेशन नहुँदै फेरि नवीकरण गर्न नसकिने बताउँदै आएको छ ।
तर, संस्थापनले भने फेरि नवीकरण नभई सदस्यतालाई डिजिटलाइज्ड गर्न लागेको भन्दै अद्यावधिक गर्न मात्रै भनिएको बताएको छ । पुनः नवीकरण गर्ने नभई डिजिटलाइज्ड गर्नका लागि अद्यावधिक गर्न भनिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा मधेसमा सवारी दुर्घटनाबाट ४८५ जनाको मृत्यु
-
इरान विश्वकपको नकआउटमा पुग्ने सम्भावना कति ? यस्तो छ समीकरण
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण