सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती

मङ्गलबार, २२ वैशाख २०८३, ०६ : ५१
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्– 'सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ ? छुनै नहुने अति संरक्षित वन(जङ्गलभित्र सैकडौं हजारौँ रोपनी मिचेर होइन ?'

उनी थप लेख्छन्– 'गरीब सुकुम्वासी पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला, हिम्मत भए संरक्षित र संवेदनशील वनजंगल तथा क्षेत्रहरूबाट सेनाका ब्यारेकहरू भत्काएर  देखाऊ, गरीबमारा सरकार।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप