सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

तमोर कोरिडोरमा निर्माणाधीन पुलको कामलाई तीव्रता दिन आङ्देम्बेको निर्देशन

मङ्गलबार, २२ वैशाख २०८३, ०८ : ५०
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्।
  • सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको भन्दै नेता आङ्देम्बेले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाई कामलाई तीव्रता दिन निर्देशन दिएका हुन्।
  • पूर्वी पहाडलाई तराईसँग जोड्ने तमोर कोरिडोरमा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा सवारी आवागमन प्रभावित हुने गरेको छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए। वर्षायाममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै उनले कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्। नेता आङ्देम्बेले भने, “बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुपर्‍यो।”

पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा चिनिने तमोर कोरिडोरलाई ‘लाइफलाइन सडक’ मानिन्छ। तर, लखुवा, नावाखोला, रगुवा र छरुवालगायत खोलामा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा सवारी आवागमन प्रभावित हुँदै आएको छ। खोलामा पानी बढ्दा सवारी साधन बग्ने, डुब्ने जस्ता जोखिमसमेत बढ्ने गरेको स्थानीयको गुनासो छ।

जनताले वर्षौंदेखि भोग्दै आएको समस्याप्रति गम्भीरता देखाउँदै नेता आङ्देम्बेले पुल निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधिहरूलाई काममा ढिलासुस्ती नगर्न सचेत गराएका छन्। साथै, आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप