मालपोत कार्यालयको नाम परिवर्तन
सारांश
- जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी 'भूमि प्रशासन कार्यालय' राखिएको छ।
- केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत मालपोत शब्दलाई भूमि प्रशासनमा रूपान्तरण गरिएको हो।
- अब स्थानीय तहको भूमि व्यवस्थापन शाखाले जग्गा रजिष्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा जस्ता कामहरू गर्न सक्नेछन्।
काठमाडौँ । जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ राख्ने व्यवस्था गरेको हो।
जारी नयाँ अध्यादेश मार्फत जग्गा (नाप जाँच) ऐन र मालपोत ऐनमा संशोधन गर्दै मालपोत शब्दलाई भूमि प्रशासनमा रूपान्तरण गरिएको हो।
यसैगरी सरकारले जग्गा रजिष्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा गर्ने जस्ता महत्त्वपूर्ण कामहरू अब सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था मिलाएको छ।
त्यस्तै भूमिसम्बन्धी ऐनमा संशोधन गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने बाटो खुला गरिएको छ।
साथै भूउपयोग ऐन संशोधन गर्दै स्थानीय भूउपयोग परिषद्ले मनासिब देखेमा एक पटकका लागि स्थानीय भूउपयोग परिवर्तन गर्न सक्ने अधिकार समेत प्रदान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण