एनपीएलको हिसाब माग गर्दै क्यानका उपाध्यक्षसहित ९ जनाले बुझाए सचिव पारस खड्कालाई निवेदन
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवाद सतहमा आएको छ जहाँ उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा ९ जना सदस्यले नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब सार्वजनिक गर्न माग गर्दै सचिव पारस खड्कालाई निवेदन बुझाएका छन्।
- उपाध्यक्ष सिंहसहितका सदस्यहरूले एनपीएल सिजन १ र २ को वित्तीय विवरण, अडिट रिपोर्ट, टाइटल स्पन्सर तथा अन्य सम्झौताका कागजातहरू सार्वजनिक गर्न माग गरेका छन्।
- उनीहरूले क्यानमा एकल निर्णय प्रवृत्ति हावी भएको र संस्थागत सुशासनको उल्लंघन भएको आरोप लगाउँदै माग पूरा नभए कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा ९ जना बोर्ड सदस्यहरूले नेपाल प्रिमियर लिग (एनपीएल) को आय-व्यय र अन्य महत्वपूर्ण निर्णयहरूको पारदर्शितामाथि प्रश्न उठाउँदै सचिव पारस खड्कालाई निवेदन बुझाएका छन्।
उपाध्यक्ष सिंहसहितका सदस्यहरूले एनपीएलको सिजन–१ र सिजन–२ सँग सम्बन्धित सम्पूर्ण वित्तीय विवरण, अडिट रिपोर्ट, टाइटल स्पन्सर तथा अन्य सम्झौताका कागजातहरू सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरूले यसअघि पटक–पटक इमेल र बोर्ड बैठकमा यी विवरणहरू माग गर्दा पनि नेतृत्वले बेवास्ता गरेको आरोप लगाएका छन्।
निवेदनमा एनपीएलको सञ्चालन परिषद्का निर्णयहरू, बैंक मौज्दात, प्रायोजन सम्झौताहरू र १० लाखभन्दा माथिका टेन्डरहरूको विवरण माग गरिएको छ। बोर्डबाट विधिवत् अनुमोदन नगरी वार्षिक कार्यक्रम र बजेट आईसीसीलाई पठाएको भन्दै उनीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
सचिव पारस खड्का र अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरिएको उक्त पत्रमा क्यानमा ‘एकल निर्णय प्रवृत्ति’ हावी भएको र संस्थागत सुशासनको गम्भीर उल्लंघन भएको उल्लेख छ।
माग पूरा नगरिए आफूहरू कानुनी र संवैधानिक उपचारका लागि अदालत जान बाध्य हुने चेतावनी समेत असन्तुष्ट सदस्यहरूले दिएका छन् । यस विषयमा उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत ध्यानाकर्षण गराएका छन्।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण