सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
सारांश
- विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- अदालतको आदेश अनुसार अग्रवालको हकमा छैटौँ पटक र भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो ।
अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो । यो म्याद २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा सरकारी वकिलको राय प्रतिवेदन तयार गर्ने र अभियोजनको कार्य बाँकी रहेको भन्दै विभागले थप समय माग गरेको थियो ।
हालै जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४’ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार मुद्दा हेर्ने क्षेत्राधिकार र प्रक्रियामा केही परिवर्तन आएकाले सोही बमोजिम संयुक्त अनुसन्धान टोलीले छानबिन अगाडि बढाएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण