बुटवलमा लमिनारको अत्याधुनिक टायल शोरुम सञ्चालन
सारांश
- नेपालकै अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लमिनारले बुटवलमा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ।
- जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.सँगको सहकार्यमा सञ्चालित यस शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन्।
- लमिनारले देशभर १६० भन्दा बढी एम्पोरियो शोरुम विस्तार गर्ने लक्ष्य लिएको छ।
बुटवल । नेपालकै अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लमिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ। जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.सँगको सहकार्यमा उक्त शोरुमको उद्घाटन गरिएको हो।
बढ्दो शहरीकरणसँगै आवासीय तथा व्यावसायिक भवन निर्माण तीव्र हुँदै जाँदा टायल छनोटमा उपभोक्ताको ध्यान अब गुणस्तर, टिकाउपन र उपयोगितातर्फ बढ्दै गएको कम्पनीले जनाएको छ।
लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुने र नेपाल मानक एन सय अनुसार पूर्ण भिट्रिफाइड भएकाले पानी सोस्ने क्षमता अत्यन्त न्यून हुने तथा दीर्घकालीन टिकाउ हुने दाबी गरिएको छ। कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुँदै आएको छ।
नयाँ शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन्। यहाँ फुलबडी, एन्टिब्याक्टेरियल सतह तथा हाई–ग्लस टायलहरू समेत पाइनेछन्।
कम्पनीका अनुसार शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले आवश्यक परामर्श लिन सक्ने केन्द्रका रूपमा विकास गरिएको छ। प्रयोग हुने स्थान, चिप्लिने जोखिम, टिकाउपन र मर्मत सहजताबारे पनि दिने लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले बताए ।
उनले उपभोक्तालाई आवश्यकताअनुसार सही टायल छनोट गर्न शोरुमले सहयोग गर्ने बताए। जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सनका अध्यक्ष छबिन्द्र भट्टराईले उपभोक्तामा गुणस्तर र उपयोगितामुखी सोच बढ्दै गएको उल्लेख गरे।
लमिनारले देशभर एम्पोरियो शोरुम विस्तार गर्दै जाने लक्ष्य लिएको छ, जसअन्तर्गत १६० भन्दा बढी शोरुम स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण