मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
- उनले सामाजिक सञ्जालमार्फत आफू विधिवत् रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको र नेपाली कांग्रेसमा आबद्ध भएको जानकारी दिएकी छिन् ।
- उनले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
काठमाडाँ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् ।
अन्सारीले लेखेकी छिन्– 'आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ। एउटा कुरा स्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत् रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।'
जेनजी आन्दोलनपश्चात् बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण