पहिरोले कतै बाटो पूर्ण अवरुद्ध, कतै एकतर्फी सुचारु
सारांश
- देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ ।
- कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ भने मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
- कर्णाली प्रदेशमा पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड पूर्ण रूपमा सुचारु भएको छ ।
काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ ।
कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ ।
निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गमा बाढीको जोखिम कायमै छ । यद्यपि यो सडक आजदेखि सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशमा सल्यान जिल्लाको सडक खण्डमा सुधार आएको छ । पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड (कुमाख–२, खारखोला) आज बिहान ७:४५ बजेदेखि पूर्ण रूपमा सुचारु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण