अमेरिकासँगको सम्बन्ध स्थिर रहेको चीनको दाबी
सारांश
- चीनले अमेरिकाका साथ आफ्नो सम्बन्ध समग्र रूपमा स्थिर रहेको दाबी गरेको छ ।
- चिनियाँ विदेश मन्त्री वाङ यीले राष्ट्रपति सी जिन पिङ र ट्रम्पले द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भूमिका खेलेको बताए ।
- अमेरिकी सिनेटर स्टिभ दाइन्सले पनि दुवै देशले सम्बन्धलाई स्थिर बनाउने प्रयास गर्नुपर्ने बताए ।
बेइजिङ । दुई देशबिचको सम्बन्धमा धेरै उतारचढाव र अवरोध आए पनि समग्र रूपमा अमेरिकासँगको सम्बन्ध स्थिर रहेको चीनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा आउनु एक साताअघि चिनियाँ पक्षले यस्तो धारणा सार्वजनिक गरेको हो । बेइजिङमा बिहीबार अमेरिकी द्विदलीय संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै चिनियाँ विदेश मन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सी जिन पिङ र ट्रम्पले महत्त्वपूर्ण क्षणहरूमा द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भूमिका खेलेको बताए ।
“गएको एक वर्षमा चीन–अमेरिका सम्बन्धले धेरै उतारचढाव र अवरोध पार गर्यो, तर हामीले समग्र स्थायित्व कायम राख्न सफल भएका छौँ,” वाङले भने । अमेरिकी सिनेटर स्टिभ दाइन्स नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त भेटमा दाइन्सले पनि दुवै देशले सम्बन्धलाई स्थिर बनाउने प्रयास गर्नुपर्ने बताए । “हामी तनाव कम गर्न चाहन्छौँ, सम्बन्ध विच्छेद होइन। हामी स्थायित्व र पारस्परिक सम्मान चाहन्छौँ,” उनले भने ।
दाइन्सले आगामी साता हुने ट्रम्प–सी भेटपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङका थप विमान चीनले खरिद गर्न सक्ने आशा व्यक्त गरे । उनले मध्यपूर्वमा तनाव कम गर्न तथा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउन चीनले खेलेको भूमिकाको पनि प्रशंसा गरे ।
उनले बुधबार चिनियाँ विदेश मन्त्री वाङ यी र इरानी विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तालाई चीनको सक्रिय कूटनीतिक संलग्नताको प्रमाणका रूपमा उल्लेख गरे ।
मे १४–१५ मा हुने ट्रम्पको चीन भ्रमणअघि अमेरिकी सरकारले इरानमाथि आफ्नो प्रभाव प्रयोग गरी स्ट्रेट अफ होर्मुज पुनः खोल्न चीनलाई दबाब दिइरहेको छ । विश्वको करिब २० प्रतिशत तेल यही समुद्री मार्गबाट ओसारपसार हुने गर्दछ । ट्रम्प पुनः राष्ट्रपति बनेपछि दाइन्सको यो दोस्रो चीन भ्रमण हो ।
उनले यसअघि मार्च २०२५ मा पनि चीन भ्रमण गरेका थिए । त्यसबेला अमेरिका र चीनबिच व्यापारिक शुल्क तथा अवैध फेन्टानिल कारोबार नियन्त्रणका विषयमा तनाव रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण