विद्यालयमा विना अनुमति भिडियो खिच्ने युट्युबरलाई लालबन्दी नगरपालिकाले गरायो सचेत
सारांश
- लालबन्दी नगरपालिकाले विद्यालय परिसरभित्र अनुमतिबिना भिडियो बनाउने युट्युबरहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
- सामुदायिक विद्यालयहरूको उजुरीका आधारमा नगरपालिकाले पठनपाठनको समयमा अनावश्यक भिडियो खिच्ने र शिक्षक-विद्यार्थीको अन्तर्वार्ता लिने कार्यले शैक्षिक गुणस्तरमा ह्रास ल्याएको निष्कर्ष निकालेको छ।
- नगरपालिकाले विद्यालयको शैक्षिक वातावरणलाई शान्तिपूर्ण र मर्यादित बनाउन सहयोग गर्न आग्रह गर्दै अनुमतिबिना विद्यालयमा प्रवेश गरी बाधा पुर्याउने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ।
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले विद्यालय परिसरभित्र विना अनुमति प्रवेश गरी भिडियो बनाउने र अन्तरवार्ता लिने युट्युबरहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले पठनपाठन भइरहेको समयमा विद्यालयमा प्रवेश गरी अनावश्यक रूपमा भिडियो खिच्ने र शिक्षक तथा विद्यार्थीको अन्तरवार्ता लिने गरेको भन्दै यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सामुदायिक विद्यालयहरूबाट आएको उजुरीका आधारमा नगरपालिकाले यस्तो कदम चालेको हो। नगरपालिकाका अनुसार विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलमा यस्ता गतिविधिले शिक्षकहरूको मनोवल गिराएको र शैक्षिक गुणस्तरमा समेत ह्रास ल्याएको निष्कर्ष निकालिएको छ।
नगर प्रमुख वासुदेव अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विना अनुमति र वास्तविक यथार्थ नबुझी भ्रामक रूपमा सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्यप्रति नगरपालिका आपत्ति जनाउँदछ। यस्ता गैरकानुनी कार्य कानुन बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई सचेत गराइन्छ।'
नगरपालिकाले विद्यालयको शैक्षिक वातावरणलाई शान्तिपूर्ण र मर्यादित बनाउन सहयोग गरिदिन सबै सरोकारवालाहरूसँग आग्रह समेत गरेको छ। विना अनुमति विद्यालयमा प्रवेश गरी बाधा पुर्याउने जो कोहीलाई पनि मौजुदा कानुन अनुसार कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण