जिल्ला समन्वय समिति रुपन्देहीको अढाई बिघा जग्गा अतिक्रमणमा, खाली गराउन बुटवल उपमहानगरलाई पत्र
सारांश
- जिल्ला समन्वय समिति रुपन्देहीको २ बिघा २ कठ्ठा ९ धुर जग्गा अतिक्रमणमा परेपछि खाली गराउन बुटवल उपमहानगरपालिकालाई पत्राचार गरिएको छ।
- २०५० साल फागुन ११ गते तत्कालीन जिल्ला विकास समिति रुपन्देहीको नाममा दर्ता भएको उक्त जग्गा हाल बुटवल-११ देवीनगर क्षेत्रमा अतिक्रमणमा परेको छ।
- अतिक्रमित जग्गा खाली गराउनका लागि समन्वय अधिकारीले उपमहानगरपालिकालाई पत्राचार गरेको र उपमहानगरपालिकाले प्राविधिक अध्ययनपछि निर्णय लिने बताएको छ।
बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीको स्वामित्वमा रहेको २ बिघा २ कठ्ठा ९ धुर जग्गा अतिक्रमणमा परेको भन्दै खाली गराउनका लागि बुटवल उपमहानगरपालिका लाई पत्राचार गरिएको छ।
२०५० साल फागुन ११ गते तत्कालीन जिल्ला विकास समिति रुपन्देहीको नाममा दर्ता भएको उक्त जग्गा लामो समयदेखि अतिक्रमणमा परेको बताइएको छ।
बुटवल–११ देवीनगर क्षेत्रमा रहेको उक्त जग्गामध्ये वडा नम्बर ११ स्थित कित्ता नम्बर १५९ को १ बिघा २ कठ्ठा ४ धुर तथा कित्ता नम्बर १६० को १ बिघा १० कठ्ठा ५ धुर जग्गा अतिक्रमणमा परेको जिल्ला समन्वय समितिले जनाएको छ।
रुपन्देहीका जिल्ला समन्वय अधिकारी यम बहादुर कुँवरले आफ्नो लालपुर्जासहित अतिक्रमित जग्गा खाली गराउन बुटवल उपमहानगरपालिकालाई पत्राचार गरिएको जानकारी दिए। अब यस विषयमा स्थानीय तहले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए।
उनका अनुसार लामो समयदेखि अतिक्रमणमा परेको जग्गाको यकिन विवरण सङ्कलन गरी कानुनअनुसार आवश्यक कदम चालिनेछ।
यता बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बुटवल क्षेत्रमा विभिन्न सरकारी जग्गा अतिक्रमणको समस्या रहेको बताए। उनले प्राविधिक अध्ययनपछि मात्रै कुन स्थानको कति जग्गा अतिक्रमणमा परेको हो भन्ने यकिन हुने र त्यसपछि कार्यपालिका बैठकबाट थप निर्णय गरिने जानकारी दिए।
उनले भने, “बुटवलमा जिल्ला समन्वय समितिको अढाई बिघा भन्दा बढी जग्गा अतिक्रमणमा परेको विषय चर्चामा छ। तर, वास्तविक रूपमा कुन स्थानमा कति जग्गा अतिक्रमणमा परेको हो भन्ने अध्ययन भइरहेको छ। यकिन भएपछि मात्रै निर्णय प्रक्रियामा जान्छौं।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण