गोरखामा सडक अलपत्र पार्ने दुई निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम
सारांश
- गोरखाका दुई सडक आयोजना अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले सात दिने अल्टिमेटम दिएको छ ।
- पटकपटक म्याद थप र ताकेता गर्दा पनि काममा प्रगति नभएपछि कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएको हो ।
- तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए वा काम सुरु नगरेमा ठेक्का तोड्नुका साथै कालोसूचीमा राख्ने र धरौटी जफत गर्ने चेतावनी दिइएको छ ।
काठमाडौँ । गोरखाका दुईवटा सडक आयोजनाको काम अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरबाही गर्ने दुई निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन ‘अल्टिमेटम’ दिएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको जनाएको छ ।
गोरखाको नरेशश्वर–पाणिनी चौतारा–निबेल–ताकुकोट सडकसडक स्तरोन्नतिका लागि एम/एस अमर / ज्ञानेश जेभीले ठेक्का पाएको थियो । आर्थिक वर्ष २०७७र०७८ मा सम्झौता भएको यो सडक लामो समयदेखि काम अलपत्र छ ।
त्यस्तै माछाखोला लाप्सिबोट–यामगाउँ–गुम्दा सडकको निर्माणको जिम्मा अमर पिआर नाना जेभीले पाएको थियो । २०७६र७७ मा ठेक्का पाएको यस जेभीले पनि निर्धारित समयमा काम नसकी आयोजनालाई अलपत्र पारेको कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पटक–पटक म्याद थप गर्दा पनि हालसम्म निर्माण कार्य सम्पन्न हुन नसकी आयोजना अलपत्र परेकाले ७ दिनभित्र आधिकारिक प्रतिनिधि उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।’
व्यवसायीले अबको सात दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने ठोस प्रतिबद्धतासहित उपस्थित हुनुपर्ने उल्लेख छ । यदि तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा वा काम सुरु नगरेमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता अन्त्य गरिने कार्यालयले जनाएको छ । साथै, यी कम्पनीहरूलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफत गर्ने र बाँकी कामको खर्च सरकारी बाँकी सरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण