मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण

शुक्रबार, २५ वैशाख २०८३, १० : २९
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आफूमाथि मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ ।
  • यूएईको रक्षा मन्त्रालयले देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो ।
  • शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो र सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन आग्रह गरेका छन् ।

आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।

यसअघि अप्रिल ९ मा अमेरिका–इरान युद्धविराम सुरु भएसँगै यूएईले आफ्नो हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेको थियो । तर त्यसपछि पनि यूएईले इरानबाट आएका आक्रमणहरू अवरोध गर्दै आएको बताइएको छ । पछिल्ला दुई महिनामा इरानबाट भएका आक्रमणमध्ये सबैभन्दा धेरै आक्रमण यूएईले सामना गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप