शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

हान्टाभाइरस बोकेको क्रुज जहाजमा दुई भारतीय पनि समावेश

शुक्रबार, २५ वैशाख २०८३, १५ : ४८
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । डच क्रुज जहाज एमभी होन्डियसमा हान्टाभाइरस प्रकोपको खबरले विश्वलाई नै चिन्तित बनाएकाे छ । जहाजमा कुल १४९ जना फसेका छन् । 

रिपोर्टका अनुसार ती मध्ये दुई भारतीय चालक दलका सदस्यहरू पनि छन् । जहाज ओशनवाइड एक्सपिडिसनद्वारा सञ्चालित छ । हाल अफ्रिकाको केप भर्डे नजिकै लंगरमा छ । 

जहाजमा हान्टाभाइरसको प्रकोपका कारण अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । मृतकहरूमा एक डच जोडी र एक जर्मन यात्री छन् । गम्भीर बिरामी भएका एक यात्रुलाई उपचारको लागि दक्षिण अफ्रिका पठाइएको छ । बाँकी सङ्क्रमितहरूको उपचार भइरहेको छ।

कम्पनीले अब यात्रु र चालक दलको राष्ट्रियताको सूची जारी गरेको छ, जसमा कुल २३ जना समावेश छन् । पहिले, यस्तो विस्तृत जानकारी उपलब्ध थिएन । 

विवरणअनुसार सूचीमा दुई भारतीय चालक दलका सदस्यहरू छन्। उनीहरूको नाम, पद र स्वास्थ्य स्थिति खुलासा गरिएको छैन । डब्ल्यूएचओ र स्थानीय स्वास्थ्य अधिकारीहरूले स्थितिको निगरानी गरिरहेको बताइएको छ । हाल जहाजमा रहेका सबैलाई अलग्गै बस्न र सावधानी अपनाउन निर्देशन दिइएको छ ।

१२ देशमा अलर्ट जारी

डब्ल्यूएचओले क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, सेन्ट किट्स र नेभिस, सिंगापुर, स्वीडेन, स्विजरल्याण्ड, टर्की, बेलायत र अमेरिका गरी १२ देशका लागि अलर्ट जारी गरेको छ । यी देशका नागरिकहरू यात्राको सुरुमा दक्षिण एट्लान्टिक महासागरको दुर्गम ब्रिटिस क्षेत्र सेन्ट हेलेनामा ओर्लिएका थिए ।

जनस्वास्थ्य उपायहरू तुरुन्तै र उचित रूपमा लिइएकाे थियाे । भाइरसको सङ्क्रमण फैलावट सीमित हुने अपेक्षा गरेको जेनेभामा एक मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका थिए। 

धेरै देशमा यात्रु र उनीहरूको सम्पर्कमा आएका मानिसको परीक्षण जारी रहेकोले थप सङ्क्रमित देखा पर्नसक्ने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप