कांग्रेस दैलेखका सचिवले दिए राजीनामा
शनिबार, २६ वैशाख २०८३, ११ : १३
सारांश
- नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले पार्टीभित्र काम गर्न असहज भएको भन्दै शनिबार पदबाट राजीनामा दिएका छन्।
- उनले देशमा अधिनायकवादी अवस्था आएको र लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन्।
- पार्टीभित्र दैनिक पदीय लोभले विवाद सिर्जना भएको र यसले पार्टीको काम गर्न असहज बनाएको उनको भनाइ छ।
दैलेख । नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले राजीनामा दिएका छन् । शनिबार एक पत्र लेख्दै उनले पार्टीभित्र काम गर्न असहज भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
‘अहिले देशमा अत्यन्तै असहज अवस्था आएको र अधिनायकवादी अवस्थामा देश सञ्चालन हुँदैछ,’ उनले भनेका छन्, ‘यो अवस्थामा लोकतान्त्रिक व्यवस्था नै खतरामा पुग्ने खतरा छ । यस्तो बेला हाम्रो पार्टी जिम्मेवार भई सबै नेता गणहरूको आपसी समझदारीबाट पार्टी सञ्चालन गरी पार्टी मजबुत गराई कार्यकर्ता र जनताको उच्च मनोबल बनाउनु पर्नेमा दैनिक पदीय लोभले पार्टी भित्र विवाद सिर्जना भएको छ ।’
यस विवादित अवस्थामा पार्टीको कामकाज गर्न पूर्ण रूपमा असहज सृजना भएकोले पार्टी सचिव पदमा नरहने राजीनामा दिएको उनले भनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण