मनोज कुमार शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरियो ? उपसभामुखले दिइन् स्पष्टीकरण
सारांश
- चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि उपसभामुख रुबीकुमारी ठाकुरले कार्यक्षमता र योग्यताका आधारमा सिफारिस भएको दाबी गरेकी छन् ।
- न्याय प्रणालीमा ढिलासुस्तीबारे गुनासो व्यापक रहेको र दलगत आधारमा नभई कार्यक्षमता मूल्यांकनका आधारमा नियुक्ति हुनुपर्नेमा उनले जोड दिएकी छन् ।
- यद्यपि, चौथो वरीयताका व्यक्तिलाई सिफारिस गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ र ठाकुर आबद्ध पार्टीका अध्यक्षले समेत असन्तुष्टि जनाएका छन् ।
काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ ।
चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख रुबी कुमारी ठाकुरले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन् ।
ठाकुरले उक्त सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गरेकी छन् ।
'हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भन्ने गुनासो व्यापक छ । एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो,' उनले फेसबुकमा लेखेकी छन् ।
उनले न्यायाधीश नियुक्ति दल वा पार्टीको प्रभावमा नभई कार्यक्षमता मूल्यांकनका आधारमा हुनुपर्नेमा जोड दिँदै थप लेखेकी छन्, 'जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ ।'
ठाकुरका अनुसार वर्तमान सिफारिसमा कुनै ‘किन्तु–परन्तु’ आवश्यक नरहेको र संविधान, कानुन तथा जनहितलाई सर्वोपरि राखिएको छ ।
तर, उक्त निर्णयप्रति सरकारको चौतर्फी आलोचना भइरहेको छ । विशेषगरी चौथो वरीयताका व्यक्तिलाई सिफारिस गरिएको भन्दै प्रश्न उठाइएको हो । यसप्रति ठाकुर आबद्ध श्रम संस्कृति पार्टीकै अध्यक्ष तथा सांसद हर्क साम्पाङले समेत असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ठाकुरप्रति आक्रोश व्यक्त गरेका थिए ।
यसैबिच प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका न्यायाधीशहरूको पूर्वराजनीतिक भूमिकाका र दलनिकट अवस्थाबारे ठाकुरले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
उनले च्याटजीपीटीको सहारामा कुन न्यायाधीश कुन दलनिकट भनी उल्लेख गरेकी छन् ।
जसअनुसार,
सपना प्रधान मल्ल — पूर्व संविधानसभा सदस्य भएकाले प्रायः नेकपा एमाले निकट मानिन्छन्।
कुमार रेग्मी — सार्वजनिक चर्चामा नेपाली कांग्रेस निकट भनिन्छ। केहीले एमाले नेतासँग पनि निकट सम्बन्ध रहेको उल्लेख गर्छन्।
हरि प्रसाद फुयाँल — पूर्व महान्यायाधिवक्ता भएकाले नेकपा एमाले निकट मानिने चर्चा छ।
मनोजकुमार शर्मा — स्पष्ट रूपमा कुनै दलसँग जोडिएको सार्वजनिक विवरण धेरै देखिँदैन।
नहकुल सुवेदी — सार्वजनिक रूपमा कुनै दलसँग स्पष्ट निकटता खुलेर आएको छैन।
तिलप्रसाद श्रेष्ठ — सार्वजनिक रूपमा दलगत निकटताको स्पष्ट विवरण छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण