आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ खेल्ने १५ सदस्यीय टोली घोषणा, इशानको पुनरागमन
सारांश
- आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आगामी सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
- यो त्रिकोणात्मक सिरिज आगामी मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
- घोषित टोलीमा इशान पाण्डेको पुनरागमन भएको छ भने सन्दीप जोरा टोलीमा अटाएनन् ।
कीर्तिपुर । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आगामी सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
शनिबार सार्वजनिक गरिएको उक्त टोलीमा लामो समयपछि युवा अलराउन्डर इशान पाण्डेको पुनरागमन भएको छ भने युवा ब्याट्सम्यान सन्दीप जोरा टोलीमा अटाउन सकेनन् ।
यो त्रिकोणात्मक सिरिज आगामी मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । घरेलु मैदानमा हुने यस सिरिजमा नेपालले अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानले घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले सम्हालेका छन् ।
घोषणा गरिएको १५ सदस्यीय नेपाली टोली यस्तो छः
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
भीम सार्की
आरिफ शेख
इशान पाण्डे
गुल्शन झा
सोमपाल कामी
ललित राजवंशी
विनोद भण्डारी
नन्दन यादव
अर्जुन कुमाल
करण केसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण