बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

आइतबार, २७ वैशाख २०८३, १० : ३८
आइतबार, २७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
  • परीक्षा नियन्त्रण कार्यालयले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ ।
  • गत चैतमा सम्पन्न एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए । 

‘त्यस्तो कुनै समस्या आएन भने यो महिनाभित्र अर्थात नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ’, सदस्य सचिव अर्यालले रातोपाटीसँग भने, ‘कुनै प्राविधिक समस्या नआएको खण्डमा अबको चार दिनभित्र नतिजा सार्वजनिक हुन्छ ।’

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । 

गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन् । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप