किशोरीलाई बलात्कार गरेको आरोपमा श्रीलङ्कामा भिक्षु पक्राउ
सारांश
- श्रीलङ्कामा १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरो पक्राउ परेका छन्।
- बाल संरक्षण प्राधिकरणको आलोचनापछि प्रहरीले थेरोलाई पक्राउ गरेको हो, जसलाई आठ पवित्र बौद्ध स्थलको प्रमुख संरक्षक मानिन्छ।
- थेरोलाई १२ मे मा अदालतमा उपस्थित गराइनेछ र उनलाई देश छोड्नबाट रोक्न अध्यागमन विभागलाई निर्देशन दिइएको छ।
कोलम्बो । श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ । उनी श्रीलङ्काका आठ पवित्र बौद्ध स्थलका प्रमुख संरक्षक मानिन्छन् ।
श्रीलङ्काको बाल संरक्षण प्राधिकरणले उनलाई यस घटनामा मुख्य शङ्कास्पद व्यक्तिका रूपमा उल्लेख गर्दै तत्काल पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भएलगत्तै उनी पक्राउ परेका हुन् ।
हालसम्म थेरोले आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उनी आगामी १२ मे मा अदालतमा उपस्थित हुनेछन् । पीडित किशोरीकी आमालाई ‘दुर्व्यवहार’ मा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउको समयमा भिक्षु कोलम्बोस्थित एक निजी अस्पतालमा उपचाररत थिए ।
अदालतले उनलाई कोलम्बो कारागार अस्पतालमा सार्न आदेश दिएको छ । यसैबिच, अदालतले थेरोलाई देश छोडेर भाग्न नदिन अध्यागमन विभागलाई निर्देशन दिएको छ । श्रीलङ्कामा बौद्ध भिक्षुहरू समाजमा अत्यन्त सम्मानित र राजनीतिक रूपमा प्रभावशाली मानिने भएकाले यति उच्च तहका भिक्षुको पक्राउलाई असाधारण घटनाका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
-
सुनसान देखिन थाल्यो रास्वपाको महाधिवेशनस्थल, तस्बिरहरू
-
खाणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
-
‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण