अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
सारांश
- संकल्प इन्भेष्टमेन्ट प्रालिले हस्पिटालिटी क्षेत्रमा पहिलो लगानीस्वरूप अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’को नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
- सिंहदरबार पूर्वी गेट नजिक अनामनगरस्थित आउटलेट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
- कम्पनीले एभरेष्ट कफी बिन्ससँग सहकार्य गर्दै व्यवस्थापन तथा कफीसम्बन्धी तालिमसमेत प्रदान गर्ने जनाएको छ ।
काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रालिले हस्पिटालिटी क्षेत्रमा पहिलो लगानीस्वरूप ‘एभरेष्ट कफी बिन्स’को नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
सिंहदरबार पूर्वी गेट नजिक अनामनगरस्थित आउटलेट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
कम्पनीले एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज लिएर आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अध्यक्ष कृष्ण अर्यालले गुणस्तरीय सेवा, बढ्दो कफी संस्कृति र ब्रान्डको सम्भावनालाई ध्यानमा राख्दै लगानी गरिएको बताए ।
उनका अनुसार आगामी दिनमा थप आउटलेट विस्तार गर्ने योजना छ । नयाँ आउटलेटमा विभिन्न प्रकारका कफी, बेकरी आइटम तथा खाजाका परिकार उपलब्ध छन् ।
संकल्प इन्भेष्टमेन्टले एभरेष्ट कफी बिन्ससँग सहकार्य गर्दै व्यवस्थापन तथा कफीसम्बन्धी दक्षता अभिवृद्धिका लागि तालिमसमेत प्रदान गर्ने जनाएको छ ।
कम्पनीका सदस्य तथा एभरेष्ट कफी बिन्सका अध्यक्ष प्रेम सेन सुनारले आउटलेटको व्यवस्थापन सम्हालिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण