शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेस सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

विश्वासको मत पनि लिने
आइतबार, २७ वैशाख २०८३, १७ : ११
आइतबार, २७ वैशाख २०८३

सारांश

  • मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
  • आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको छ ।
  • यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ ।

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई  समर्थन कायम राख्दै विश्वासको मत दिने  निर्णय गरेको छ ।

निर्णयमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन् ।  

सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ ।  विपक्षी दलहरूको गतिविधि र आगामी विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीतिक समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। 

689106134_1765038554469267_2005848518230179912_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप