चेन्नईसँग पराजित भएसँगै लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिर
काठमाडौँ । आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
यो हारपछि ऋषभ पन्तको कप्तानीमा रहेको लखनउले बाँकी रहेका सबै खेल जिते पनि अधिकतम १२ अंक मात्र जोड्न सक्छ । जुन प्लेअफ पुग्नका लागि पर्याप्त हुने छैन ।
चेपाक रंगशालामा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रनको विशाल योगफल तयार पारेको थियो ।
लखनउका लागि अष्ट्रेलियाली खेलाडी जोस इङ्लिसले आक्रामक ब्याटिङ गर्दै मात्र ३३ बलमा ८५ रनको उत्कृष्ट इनिङ्स खेले। उनले १० चौका र ६ छक्का प्रहार गरेपछि लखनउले पावरप्लेमा प्रतिओभर १५ रनको औसतले रन जोडेको थियो ।
यद्यपि, मध्यम ओभरमा चेन्नईका जेमी ओभरटनले घातक बलिङ गर्दै लखनउको पारीलाई संकटमा पारे। ३६ रन खर्चेर ३ विकेट लिएका ओभरटनले लखनउको मध्यक्रम ध्वस्त पारेपछि ११२ रनमा २ विकेटको स्थितिमा रहेको टोली १४७ रनमा ६ विकेट गुमाउने अवस्थामा पुग्यो ।
कप्तान ऋषभ पन्त १५ रनमै आउट भए भने शाहबाज अहमदले अन्तिमतिर २५ बलमा ४३ रनको योगदान दिएपछि टोलीले २०० रनको आँकडा पार गरेको थियो ।
२०४ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो। अन्तिम ओभरमा शिवम दुबेले एडन माक्रमको बलमा लगातार दुई छक्का प्रहार गर्दै टोलीलाई रोमान्चक जित दिलाए ।
चेन्नईका लागि उर्भिल पटेलले १३ बलमा ५० रन बनाउँदै आईपीएलमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरे । उनले २३ बलमा ६५ रन बनाएर आउट भए । कप्तान गायकवाडले २८ बलमा ४२ रन जोडे ।
चेन्नईको यो जितले उसको प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण