साइबर ब्यूरो र प्रेस काउन्सिल पुगे पूर्वमन्त्री खरेल
सोमबार, २८ वैशाख २०८३, १७ : ३३
सारांश
- पूर्वमन्त्री एवं सांसद जगदीश खरेलले राजधानी दैनिक र केही सामाजिक सञ्जालविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रेस काउन्सिल र साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।
- खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशित भएकोमा आपत्ति जनाउँदै सम्बन्धित पत्रिकाले माफी माग्नुपर्ने र खण्डनलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
- उनले मिडियाको आवरणमा हुने गैरजिम्मेवार गतिविधिले व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने भन्दै भ्रामक प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशित गरेको जिकिर गर्दै राजधानी दैनिक र केही सामाजिक सञ्जालविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्।
उनले न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सम्बन्धित पत्रिकाले माफी माग्नुपर्ने र आफ्नो खण्डनलाई अघिल्लो समाचार सरह नै प्राथमिकताका साथ प्रकाशित गर्नुपर्ने माग राखेका छन्।
भ्रामक प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि कारबाहीको दायरामा ल्याउन उनले उजुरीमा माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
-
रास्वपा महाधिवेशन : पदाधिकारीको मतदान सकिएपछि विवाद, मत हाल्न पाउनुपर्ने भन्दै प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण