चैतमा ४.४७ प्रतिशत पुग्यो महँगी, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी
सारांश
- चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ।
- खाद्य तथा पेय पदार्थ समूहमा ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ४.७२ प्रतिशत महँगी रहेको छ।
- चैत महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४.९६ प्रतिशत महँगी रहेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता महँगी (मुद्रास्फीति) मा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको प्रतिवेदन अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत मात्र थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ४.७२ प्रतिशत रहेको छ। खाद्य समूह अन्तर्गत विशेषगरी घिउ तथा तेलको मूल्यमा १२.८७ प्रतिशत, फलफूलमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, दाल तथा गेडागुडी, खाद्यान्न र मरमसलाको मूल्यमा भने केही गिरावट आएको राष्ट्र बैंकले जनाएको छ।
गैर(खाद्य समूह तर्फ विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशत र यातायातको भाडा १२.०३ प्रतिशतले बढेको छ। यस्तै शिक्षा क्षेत्रको महँगी ७.४६ प्रतिशतले वृद्धि भएको छ।
क्षेत्रगत आधारमा हेर्दा चैत महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४.९६ प्रतिशत महँगी रहेको छ। तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रहरूमा महँगीको दर निकै कम थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण