बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

‘अक्षरा’को छायाङ्कन सुरु

मङ्गलबार, २९ वैशाख २०८३, ०८ : ३८
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’को छायाङ्कन सोमबारदेखि काठमाडौँबाट सुरु भएको छ ।
  • फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ ।
  • चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल लगायतका कलाकारहरु मुख्य भूमिकामा रहनेछन् ।

काठमाडौँ । विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायाङ्कन  सोमबारदेखि काठमाडौँबाट सुरु भएको हो । फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको निर्देशा पौडेलले जानकारी दिए ।

क्षत बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य भुमिका रहनेछ । फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि रहनेछन् ।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ ।

फिल्मको छायाङ्कन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगालले वितरण गर्नेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप