मानव अधिकारका विषयलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिहरूले सुनिश्चित गरेका मानव अधिकारका दायित्वहरूलाई प्राथमिकता दिन सरकारलाई पत्राचार गरेको छ।
- आयोगले मौलिक हकको पूर्ण कार्यान्वयन, कानुनी सुधार र सङ्क्रमणकालीन न्यायलाई तत्काल ध्यान दिनुपर्ने विषयका रूपमा सरकारलाई विशेष पत्राचार गरेको छ।
- पत्रमा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको पालना, विकास र मानव अधिकारबिचको सन्तुलन, आयोगको सुदृढीकरण र सार्वजनिक सेवालाई मानव अधिकारमैत्री बनाउने विषयहरू समेटिएका छन्।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई पत्राचार गर्दै संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूले सुनिश्चित गरेका मानव अधिकारसम्बन्धी दायित्वहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।
आयोगले वर्तमान सरकारले तत्काल ध्यान दिनुपर्ने विषयहरू र ती कार्यहरू सम्पन्न गर्नका लागि अपनाउनुपर्ने प्रक्रिया समेत उल्लेख गरी सरकारलाई विशेष पत्राचार गरेको हो।
२०८३ वैशाख २५ गते प्रेषित गरिएको उक्त पत्रमा मौलिक हकको पूर्ण कार्यान्वयन, आवश्यक कानुनी सुधार र लामो समयदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायका विषयलाई प्रमुखताका साथ उठाइएको छ। आयोगले मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी पालना, विकास र मानव अधिकारबिचको सन्तुलन तथा अन्तर्राष्ट्रिय संयन्त्रहरूबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसैगरी, आयोगले राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण, निर्वाचनका समयमा मानव अधिकारको संरक्षण र सार्वजनिक सेवा प्रवाहलाई मानव अधिकारमैत्री बनाउने जस्ता समग्र कार्यहरूको विस्तृत विवरण समेत सरकारलाई बुझाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार यी विषयहरूलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा लिइएको छ। पत्रमा सार्वजनिक सेवा र निर्वाचन जस्ता संवेदनशील क्षेत्रमा मानव अधिकारको सुनिश्चितताका लागि गरिनुपर्ने सुधारका बारेमा प्रष्ट पारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण