केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्।
- उनले वैशाख २८ गतेको निर्णयले पार्टीको बृहत्तर र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुर्याएको र यस विषयमा आफूसँग कुनै छलफल वा परामर्श नभएको बताएका छन्।
- खड्काले पार्टी विभाजित हुनु घातक हुने उल्लेख गर्दै व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर भावनात्मक एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्।
विशेष महाधिवेशनबाट गठित कार्यसमितिको विस्तारका क्रममा वैशाख २८ गते गरिएको निर्णयले पार्टीको बृहत्तर र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुर्याएको उनको ठहर छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले मनोनयनको विषयमा आफूसँग कुनै छलफल वा परामर्श नभएको र यसबारे आफूलाई जानकारी समेत नरहेको स्पष्ट पारेका छन्। मुलुकको राष्ट्रियता इतिहासकै जोखिमपूर्ण अवस्थामा रहेको र लोकतन्त्रका आधार स्तम्भमाथि निरन्तर आक्रमण भइरहेको बेला पार्टी विभाजित हुनु घातक हुने उनले उल्लेख गरेका छन्।
केही समयअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको सामूहिक भेटमा आफूले पार्टीलाई पूर्ण रूपमा एक बनाउने अभियानमा लाग्न अनुरोध गरेको उनले स्मरण गराएका छन्। खड्काका अनुसार पार्टीको बृहत् र सम्पूर्ण एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी र सार्थक भूमिका खेल्न सम्भव छैन।
उनले भने, ‘२८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नु पर्ने उद्देश्यमा ठेस पुग्न गएको छ। पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजीको र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ।’ उनले विगतमा विभाजित कांग्रेसले ठुलो हण्डर खानु परेको र नागरिकको भरोसा गुमेको कुराबाट पाठ सिक्दै शीर्ष नेताहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले कांग्रेसलाई ठुलो क्षति पुर्याएको भन्दै उनले नयाँ सोच र साझा भावधारासहित अगाडि बढ्न प्रेरणा लिनुपर्ने बताएका छन्। अहिलेको समयमा व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर भावनात्मक एकता कायम गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
निर्णायक भूमिकामा रहेका साथीहरूले अझै पनि सामूहिक भावना र साझा विचारका साथ पार्टीलाई एकताबद्ध बनाउने दिशामा अग्रसर हुने विश्वास उनले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण