वर्षाले खेल प्रभावित भएपछि स्कटल्यान्डविरुद्ध नेपालले पायो २२१ रनको लक्ष्य
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले २२१ रनको लक्ष्य पाएको छ ।
- वर्षाले खेल प्रभावित भएपछि खेललाई ओभर घटाएर ३९ मा झारिएको छ ।
- स्कटल्यान्डले २४३ रन बनाउँदा जर्ज मुन्सीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले २२१ रनको लक्ष्य पाएको छ ।
नेपालसामु ८ विकेट गुमाएर स्कटल्यान्डले २४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएर ३९ मा झारिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्लिस ३४ रनमा अविजित रहेका थिए । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर चार विकेट लिएका थिए । त्यस्तै करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिएका थिए । नेपालको ब्याटिङ सुरु नहुँदै वर्षाले खेल प्रभावित भएपछि खेल डकवर्थ–लुईस विधि (डीएलएस)बाट छोट्याइएको हो ।
मैदानमा यतिबेला कभर लगाइएको छ। दर्शकहरू खेल सुरु हुने प्रतीक्षामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण