सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस

बुधबार, ३० वैशाख २०८३, ११ : ५२
बुधबार, ३० वैशाख २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा पूर्वउपसचिव प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
  • यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।
  • प्रतिनिधिसभा सचिवको नियुक्ति संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको  सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । 

यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका पूर्वकर्मचारी हुन् ।  

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

स्रोतका अनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो । तर, राष्ट्रपतिले नियुक्ति भने गरिसकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप