संसद्
सदन सुचारु गर्न सभामुख र प्रमुख सचेतकबिच परामर्श
बुधबार, ३० वैशाख २०८३, १४ : १७
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षीको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुचारु गर्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका छन् ।
- नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा उपस्थित भएर दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए ।
- प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जवाफ दिन समय दिएपछि विपक्षी सांसदहरूले विरोध गर्दा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।
विपक्षी दलका सांसदहरूले विरोध गर्न नछाडेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख दलहरूसँगको परामर्शमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण