शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बर्दिया, रोल्पा र सोलुखुम्बुमा करणी गरेको अभियोगमा तीन जना पक्राउ

बुधबार, ३० वैशाख २०८३, १४ : १९
बुधबार, ३० वैशाख २०८३

सारांश

  • बर्दिया, रोल्पा र सोलुखुम्बुमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
  • बर्दियामा १८ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुशिल सुनार, रोल्पामा २२ वर्षीया युवतीलाई करणी गरेको अभियोगमा राजु केसी र सोलुखुम्बुमा २४ वर्षीया महिलालाई करणी गरेको अभियोगमा रसान्त कुलुङ पक्राउ परेका छन्।
  • पक्राउ परेका तीनै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेका छन्।

काठमाडौँ । बर्दिया, रोल्पा र सोलुखुम्बुमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

छुट्टाछुट्टै स्थानमा भएका करणीका घटनामा संलग्न रहेको उजुरीका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–६ गणतन्त्र टोल बस्ने २८ वर्षीय सुशिल सुनार पक्राउ परेका छन्। सुशिलले ती किशोरीलाई करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, रोल्पामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसी पक्राउ परेका छन्। राजुले ती युवतीलाई करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति नियन्त्रणमा लिएको हो।

सोलुखुम्बुमा पनि २४ वर्षीया यसवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका–५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङ पक्राउ परेका छन्। रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी बुङबाट खटिएको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। 

पक्राउ परेका तीनै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप