फिल्मको प्रिमियरमा बेहुली गेटअपमा किन पुगिन् आँचल ?
सारांश
- फिल्म 'एक मुठ्ठी बादल' को प्रिमियरमा अभिनेत्री आँचल शर्मा बेहुलीको पहिरनमा पुगेकी छन् ।
- उनले डिजाइनर मनिस राईले तयार गरेको रातो गाउन र घुम्टोसहित नौमती बाजा समूहसँगै हलमा प्रवेश गरिन् ।
- आफ्नो विवाहको कथामा आधारित फिल्म भएकाले आफू बेहुली अवतारमा आएको आँचलले बताइन् ।
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को प्रिमियर बुधबार साँझ भएको छ । बिग मुभिज कमलपोखरीमा आयोजित प्रिमिएरमाअभिनेत्री आँचल शर्मा भने बेहुली अवतारमा पुगेकी छन् ।
फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिस राईद्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर बेहुली अवातारमा हल पुगेकी हुन् । उनीसँगै महिला नौमती बाजा समूह पनि सहभागी थियो ।
साहारा शर्माद्वारा निर्देशित फिल्म प्रिमियरमा कलाकार र रंग पत्रकारको सहभागिता थियो । फिल्ममा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम देखिन्छ । उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ।
फिल्म आफ्नो विवाह वरिपरि घुमेको भएकोले पनि कार्यक्रममा आफू विवाह पहिरनमा सहभागी भएको आँचलले बताइन् । एक मुठ्ठी बादल नेपाली चलचित्रमा प्रायजसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित छ रहेको निर्देशक सहारा शर्माले बताइन् ।
फिल्ममा आँचलको अलवा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय छ ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण