अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका उपायहरू अपनाउँछौँ : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठुला तथा अधुरा आयोजनाका लागि वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिने बताएका छन् ।
- उनले अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका विभिन्न उपायहरू प्रयोग गरिने र राजश्व अभिवृद्धिका सबै उपायहरूको अवलम्बन गरिने बताए ।
- उनले कर्मचारी ट्रेड युनियनको नाममा हुने विकृति रोक्नका लागि मात्रै निजामती सेवाभित्रका दलगत सङ्गठन खारेज गर्ने व्यवस्था गरिएको स्पष्ट पारे ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिने बताएका छन् ।
अर्थमन्त्री वाग्लेले बिहीबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका विभिन्न उपायहरू प्रयोग गरिने बताए ।
उनले भने,‘ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिने छ । राजश्व अभिवृद्धिका सबै उपायहरूको अवलम्बन गरिने छ ।’
उनले सिमा रहित अर्थतन्त्र र तौल रहित व्यापारको रणनीतिलाई आर्थिक रूपान्तरणको आर्थिक रूपान्तरणको प्रमुख आधार मानेर विकास गरिने पनि बताए ।
उनले सरकार सङ्घीय लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यतालाई मार्ग दर्शनको रूपमा लिएको बताए । अर्थमन्त्री वाग्लेले ठुलो संघषबाट उपलब्धि लोकतन्त्रलाई मार्गदर्शनकै रूपमा लिएको बताए ।
उनले भने,‘ हामी पाङ्ग्राको पुनःआविष्कार गर्न आएका होइनौँ । हाम्रा अग्रजहरूले उपलब्धिहरू ल्याए । त्यसैलाई समृद्ध बनाउने प्रतिबद्धता सरकारले जनाउँछ । विगतमा भएका उपलब्धिकै जगमा अघि बढ्ने भन्ने राजनीतिक धरातल स्थापित छ ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध सरकार रहेको उनले बताए । उनले राजनीतिक दलहरू भित्रका नभएर निजामती सेवा भित्रका मात्रै सङ्गठनहरू खारेज गर्ने भनिएको बताए । उनले समग्र ट्रेड युनियन खारेज गर्ने सरकारको मनसाय नभएको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले भने,‘ ट्रेड युनियनको नाममा सरकारी कर्मचारीले विभिन्न बदमासी गरेर विकृति भएकाले त्यसलाई रोक्नलाई मात्रै यो काम गरेका छौँ । कर्मचारी ट्रेड युनियन बनाउन नपाउने भनिएको हो । तर दलगत सङ्गठन नभएर स्वतन्त्र रूपमा एउटै ट्रेड युनियन भने बनाउन पाउनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण